Please use this identifier to cite or link to this item:
https://dspace.mucl.edu.np/handle/123456789/332
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | Paudel, Deepika | - |
dc.date.accessioned | 2023-04-28T06:24:59Z | - |
dc.date.available | 2023-04-28T06:24:59Z | - |
dc.date.issued | 2079 | - |
dc.identifier.uri | https://dspace.mucl.edu.np/handle/123456789/332 | - |
dc.description.abstract | प्रस्तुत अध्ययन परिवर्तित समाजमा ब्राह्मण संस्कार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गण्डकी लाइनको एक समाजशास्त्रीय अध्ययन शीर्षकमा गरिएको छ । जसको मुख्य उद्देश्य परिवर्तित समाजमा ब्राह्मण संस्कारको विश्लेषण गर्नु रहेको छ । यसको लागि गुणात्मक ढाँचाको प्रयोग गरी अध्ययन कार्य सम्पन्न गरिएको छ । अध्ययनमा ब्राह्मण कर्म गर्ने उत्तरदाताहरुलाई उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी नमूना जनसंख्या लिइएको छ । नेपाल विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र सम्प्रदाय विद्यमान रहेको बहुजाति, बहुभाषी, बहुसंस्कृतिले निर्मित मुलुक हो । यहाँ हिमालदेखि तराईसम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १२५ जातिहरू र १२३ वटा मातृभाषा बोल्ने मानिसहरूले बसोबास गर्दै आएका छन् । जसमध्ये ब्राह्मण एक बहुसंख्यक जातिको रूपमा नेपालमा बसोबास गर्दै आएको छ । नेपालमा ब्राह्मणहरुको प्रवेश भारतबाट भएको पाइन्छ । त्यसैगरी नेपालमा बसोबास गर्ने ब्राह्मणलाई पहाडी÷खस, नेवार र मैथिल गरी तीन जातिमा वर्गीकरण गरिएको पाइन्छ । ब्राह्मण जातिका मानिसमध्ये अधिकांशले हिन्दु धर्म मान्ने र सोही अनुसारका संस्कार अपनाउने गरेको पाइन्छ । ब्राह्मण हिन्दूको छुट्टै संस्कार, संस्कृति, परम्परा, इतिहास, भाषा हुनु भनेको एउटा नेपाली जाति र सम्प्रदायको मात्र सम्पत्ति नभई समस्त नेपाली र हिन्दू धर्मकै सम्पत्ति र पहिचान हो । संस्कृतिले सिङ्गो मुलुकको पहिचान गर्दछ । संस्कृति भनेको सम्पूर्ण प्राणी जगत्को कल्याण गर्ने कार्य हो । त्यस्ता कार्य गर्न सहयोग गर्ने साधनहरू, आचारविचार, चालचलन, विश्वास, नीतिनियम, अनुशासन, परम्परा, खानपान, रहनसहन, बोलीचाली आदिको समष्टि रूप नै संस्कृति हो । ब्राह्मणहरुको आप्mनो व्यक्तिगत तथा सामाजिक जीवनलाई व्यवस्थित पारी पूर्णतातिरको मार्ग अनुशरण गर्न जुन पद्धति व्यवस्थापन गरिएका छन् ती नै बाह्मण संस्कार हुन् । विश्व जगतमा सभ्य संस्कृतिहरू थुप्रै पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो । व्यक्तिलाई सभ्य बनाउनु, असल नागरिक बनाउनु, आफ्नो समाज, संस्कृति र आफ्नो देशप्रति जागरुक र गौरवान्वित बनाउनु एउटा ठूलो देन हो । उचित संस्कार पाएपछि प्रत्येक व्यक्तिको नयाँ जन्म हुन्छ भन्ने मान्यता रहेको छ । जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले विभिन्न वर्गमा विभाजन गरेका छन् । स्मृति र पुराणहरूमा सामान्यता १६ संस्कार मानिएका छन् । सामान्यतया सोह्र (गर्भाधान, पुंसवन, सीमान्तोनयन, जातकर्म, नामाकरण, निष्क्रमण, अन्नप्राशन, केशान्त, कर्णवेध, विद्यारम्भ, चूडाकरण, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्यकर्म संस्कारलाई मान्दै आएको पाइन्छ । यी प्रत्येक संस्कारका आफ्नै किसिमको विधि र नियम रहेका छन् । नेपालभरी बसोबास गर्ने दोस्रो ठूलो जनसङ्ख्याको रूपमा रहेको ब्राह्मण समुदाय राष्ट्र्यि जनगणना २०६८ का अनुसार नेपालमा १२.२ प्रतिशत रहेको छ । अन्य जातिको संस्कार जस्तै ब्राह्मण जातिको पनि आफ्नै संस्कार र विशेषता रहेका छन् । यी संस्कारहरुमा आफ्नै किसिमको विधि विधा रहे पनि वर्तमान परिप्रेक्षमा अन्य समुदायको संस्कारमा प्रभाव परेजस्तै ब्राह्मण संस्कारमा पनि विदेशी संस्कारको प्रभाव दिन प्रतिदिन पर्दै गइरहेको छ । कुनै संस्कार लोप हुँदै गइरहेको छ भने कुनै परिवर्तित स्वरूपमा देखा परेको छ त कुनै संस्कारमा थप विधि राखिएको समेत पाउन सकिन्छ । वर्तमान समयमा ब्राह्मण जातिहरुले मनाइने संस्कारहरुमा परिवर्तन आएको पाइन्छ । जीवनको सुरुवातको संस्कार गर्भाधान संस्कार वर्तमान समयमा प्रतिभावान, स्वस्थ, बुद्धिमान भन्दा पनि छोरा छोरीको लागि गर्ने गरिन्छ । त्यसैगरी समय, स्थान, आर्थिक अभावका कारण अन्य संस्कारहरु छोट्याएर गर्ने गरेको पाइन्छ । सबै मानिसहरु आफ्नो घरमा नबस्ने जागिर, कामको शिलशिलामा बाहिर बस्नुपर्ने, अस्पतालमा सुत्केरी गराउने भएकाले पनि यसमा परिवर्तन आएको पाइन्छ । त्यस्तै विवाह संस्कार कहीँ कहीँ छोट्याएको छ भने कहीँ कहीँ त्यसलाई अनावश्यक रूपमा बाहिर संस्कृतिको प्रभावका कारण बढाइएको पाइन्छ । वर्तमान अवस्था कोभिडका कारणले गर्दा अत्येष्टि संस्कारलाई छोट्याएर गरेको पनि पाइन्छ । यी संस्कारहरुमा पहिलेदेखि चलनचल्तीमा रहेका सबै संस्कार मान्दै आएको पाइन्छ तर विभिन्न बाहिरी समुदायको संस्कारको प्रभाव र समय, परिस्थिति, स्वाथ्यका आधारमा परिवर्तन भएको देखिन्छ । जुन समय सान्दर्भिक रहे पनि युवा वर्गमा संस्कारबारे ज्ञानको कमी भई संस्कार बिर्सदै गएको पाइन्छ । | en_US |
dc.language.iso | en | en_US |
dc.subject | ब्राह्मण संस्कार | en_US |
dc.title | परिवर्तित समाजमा ब्राह्मण संस्कार (सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गण्डकी लाइनको एक समाजशास्त्रीय अध्ययन) | en_US |
dc.type | Thesis | en_US |
Appears in Collections: | MA Sociology theses |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Dipika Paudel.pdf | 723.59 kB | Adobe PDF | ![]() View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.